Wednesday, January 19, 2011

New Year party 2011



डाइनेटिक्स : मानसिक स्वास्थ्यको आधुनिक विज्ञान

– डा. आदर्श प्रधान

अहिलेको युग वास्तवमै तिब्र गतिमा दौडिरहेको छ। समय सँगै हामी पनि एक–अर्का बिचमा प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं। यस्तो भागदौड तथा तनाबयूक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोँचे जस्तो राम्रो हुन सक्दैन। अहिलेको यस्तो जीबनशैलीमा हामी भित्र नचाहिँदा संवेक, उत्तेजना, सनक, भय जस्ता मानसिक भावनाहरु जम्मा भइरहेका हुन्छ। यस्ता नकरात्मक मानसिक भावनाहरुले गर्दा हामी मध्ये धेरैमा आत्मबिश्वासको कमी, निराशपन, हिनतावोध, भय बढ्दै गइरहेको पाइएको छ। मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था धेरै मात्रामा बढ्दै गयो भने असाध्य रुपमा मानसिक रोगी हुन सक्ने कुरा स्विकार गरेको छ।

डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो, जसको प्रयोगद्धारा हाम्रो मस्तिष्क भित्र दबिरहेको अनावश्यक संवेक, उत्तेजना, सनक, भय, दुख जस्ता मानसिक भावनाहरुलाई उत्खनन् गरेर तुरुन्त नकरात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्धत गर्दछ। डाइनेटिक्सको सिद्धान्त अनुसार मानसिक तनाबले गर्दा नै मानिसलाई रोग लाग्दछ। मानिसको जीबनमा तनाब त आइनै रहन्छ, तर तनाबलाई कसरी लिने र दबिरहेेको तनाबलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकँाउदछ। एल.रोन.हर्बडले प्रतिपादन गरेकोे यस आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुुलन राख्न सिकाँउदछ। डाइनेटिक्समा अडिटिङको माध्यामबाट रोगीलाई उपचार गरिन्छ। यस उपचार बाट जस्तो सुकै मानसिक, शारीरीक, भावनात्मक रोगीकोे सफल उपचार गर्न सकिन्छ। अचम्मको कुरा यस पद्धतीको प्रयोग रोगीलाई मात्र नभइ निरोगी मानिसलाई पनि गरिन्छ। किनकी रोगीमा मात्र नभइ निरोगी मानिसमा पनि तनाब त अवश्यै हुन्छ। डाइनेटिक्स अडिटिङको माध्यामबाट रोगीलाई स्वस्थ्य बनाइन्छ भने स्वस्थ्य मानिसलाई जीबन र जगतको बारे स्पष्ट बनाइन्छ।

डाइनेटिक्सको सिद्धान्त अनुरुप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छ। ति दुईवटा मस्तिष्क मध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाँया चित्रहरुको संकलनलाई इनग्राम भनिन्छ। हामीमा भएको शारीरिक पीडा, दुर्घटना हुँदा भएको दुखाई, भय, बेहोश हुँदा हुने अनुभूतिहरुको छाप उक्त मस्तिष्कमा रहेको हुन्छ। हाम्रो मस्तिष्कमा रहेको यी इनग्रामले गर्दा हामीमा अनाबश्यक भय, निराशापन, मानसिक समस्या, शारीरिक पीडा आदी उत्पन्न हुन्छ।

डाइनेटिक्स एउटा आध्यात्मिक परार्मश बिधि हो जसमा अडिटरद्धारा रोगी वा निरोगीलाई अनाबश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ। डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने ब्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ।जसको मष्तिष्क भित्र नकरात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो ब्यक्तिलाई प्रि–क्लियर भनिन्छ। प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि उ भित्र रहेको नकरात्मक आवेग, संवेदना हट्नुका साथै उ भित्र रहेको समस्यालाई उ आफैले बोध गर्दछ। आफु भित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई क्लियर यानेकी स्पष्ट भएको मानिन्छ। अतः डाइनेटिक्स ल73य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो। डाइनेटिक्स सिद्धान्तको प्रर्वतक एल.रोन.हर्बडले तनाब नाप्ने मेशीनको पनि आबिष्कार गरेको छ। जुन मेशीनबाट मानिस भित्र रहेको तनाबलाई सजिलै नाप्न सकिन्छ। नापेर आएको अंकको आधारमा मानिस भित्र रहेको मानसिक अवस्थालाई पत्ता लगाइन्छ।

एल.रोन.हर्बडका पुस्तकहरु
एल.रोन.हर्बडले सयौं महत्वपूर्ण पुस्तकहरु लेखेका छन्। उक्त पुस्तकहरुको अध्ययनको प्रयोग पश्चात हामीले दिमागी अबरोधहरु ब्ाट पार पाउन सक्नुका साथै तिनिहरुको नियन्त्रण माथि क्रमिक सफलता पाएर भविष्यको खुशीहरु कसरी पाउन सकिन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्दछौं। एल.रोन.हर्बडको बिश्वभर सर्बाधिक बिक्रि भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक बिज्ञान हो। जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीबनमा कसरी काम गर्छ भन्ने कुराहरु समावेश छन्।

नेपालमा डाइनेटिक्स
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको मन्त्रीम48डलको कार्यकालमा सम्पूर्ण मन्त्रीम48डललाई अमेरिकाबाट डाइनेटिक्स बिज्ञहरु ल्याएर होटल र्याडिसनमा प्रशिक्षण दिइएको थियो। नेपालमा ५ बर्ष अघि देखि पुस्तक बिक्रि बाट शुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल देेखि डाइनेटिक्स वर्कसप, अडिटिङ, जीबन बिधायक शिक्षण कोर्शहरु संचालन गर्दै आइरहेको छ। काठमा48डौंको न्यूप्लाजामा रहेको यस संस्थाले बिभिन्न महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आइरहेकोे छ। हाल यस संस्थामा तनाब नाप्ने मेशीनको साथै ओ.शि.य. परिक्षण पनि गरिन्छ। ओ.शि.य. परिक्षणबाट हाम्रो मानसिक, भावनात्मक अवस्थाको बारे सजिलै थाहा पाउन सक्दछौं। डाइनेटिक्सको जीबन बिधायक शिक्षण कोर्शहरु अरु शिक्षण कोर्शहरु जस्तो होइन। यस कोर्शहरु प्रयोगात्मक हुन्छन् जुन हामीले हाम्रो जीबनमा प्रयोग गर्न सक्दछौं। यस जीबन बिधायक शिक्षण कोर्शहरु अध्ययन पछि अध्ययन गर्ने ब्यक्तिको जीबनमा अवश्य परिवर्तन आँउदछ भन्ने संस्थाको दाबी छ। बिश्वभरी संचालन भइरहेको यस कोर्शहरुले ब्यक्तित्व बिकाश, मानसिक सबलता, जीबनको हरेक क्षेत्रमा सफल हुन मद्धत गर्दछ।

savar: dolkha.com dashain bisheshanka