Tuesday, July 27, 2010

डा.श्रेष्ठलाई यो बर्षको ब्यक्तित्वो बाट सम्मान्




भिमेश्वोर न पा २ दोलखा घरभै हाल कोरियाको सिउल स्थित क्वाङ्वून युनिवर्सिट्य्मा प्राध्यापन गर्नुहुने डा.भानु श्रेष्ठलाई अमेरिका बायोग्राफिकल इन्स्टिट्युट्ले यो बर्षकै ब्यक्तित्वोको सम्मान दिएर हौशला प्रदान गरेको छ ।

आफ्नो क्षेत्रमा बिषेश अनुशन्धान गरी आफ्नो देशको लागी योगदान पुर्याउनु भएकोकोमा उक्त एबिआइ द्वारा सम्मानित हुनुभएको छ ।

डा. श्रेष्ठको यो भन्दा पहिला पनि अमेरिकाबाट प्रकाशित हुने मार्कुइस हुइज हु इन द वोर्ल्डमा पनि सन २००९ र २०१० आफ्नो प्रोफाइल समाबेश गर्न लगातार सफल हुनुभएको छ भने अर्को तिर अन्तरअस्तृय बायोग्राफिकल सेन्टर बेलाएतबाट प्रकाशित एक्कासौ शताब्दिको सर्बश्रेष्ठ बुद्धिजिबी बाट सम्मान्को लागी छनौट्मा पर्नु भएको छ ।



यो तीन वोटा सस्था भनेको बिश्वमा नै सबभन्दा ठुलो अनि लोकप्रिय मानब शब्दकोश प्रकाशित गर्ने सस्था हो । यि तीन सस्थाहरुले बिश्वको बिभिन्न क्षेत्रमा उल्लेखनिय शोध कार्य गर्ने महान ब्यक्तित्वो बैज्ञानिक्, इन्जिनियर्, नेता आद लाई बिभिन्न किसिमको उपाधिले सम्मान गर्ने कार्य गर्दै आएको छ ।

Sunday, June 20, 2010

सगरमाथादेखि एल्ब्रुससम्मको आरोहण यात्रा




गतः २५ मई २०१० मङ्गलवारका दिन नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फे सुब्बाद्वारा अन्तर्राष्ट्रिय पर्वतारोही दलको एक सदस्यको हैसियतले यूरोपको सबभन्दा अग्लो हिउँचुली एल्ब्रुसको आरोहणमा सफलता हासिल गरेकी छिन् । स्मरण रहोस् उनले एक वर्षअघि मात्र विश्वको सवौच्च शिखरको एकल आरोहणमा विजय प्राप्त गरेकी थिइन् । यस अर्थमा उनले सगरमाथादेखि एल्ब्रुससम्मको आरोहणसेतु पार गरेकी छन् भन्नु अत्युक्ति हुने छैन ।

नेपालको तेह्रथुममा एक शिक्षक परिवारमा जन्मेकी जुनिता साम्बाहाम्फेले पर्वतारोहणको प्रेरणास्रोत को थियो भन्ने प्रश्नमा उनले आफ्नै जिज्ञासालाई प्रथम स्थानमा राखेको पाइयो, यद्यपि नजानिदो किसिमबाट उनका लागि सगरमाथा आरोहणको प्रेरणादाता स्वयं उनकै नाम भएको अभिव्यक्ति दिएकी थिइन् । काकलाती कस्तो पर्न गएको रहेछ भने उनी जन्मनुभन्दा झण्डै एक दशकअगाडि सगरमाथा आरोहण गर्ने प्रथम नारी पर्वतारोही जुन्को ताबेईको नामको आधारमा उनका बुवा-मुमाले ‘जुनिता’ भनेर उनको नामकरण गरिदिनुभएको रहेछ । सम्भवतः यही नामलाई सार्थक तुल्याउन अवचेतन रूपमा नै उनले पर्वतारोहणमा अभिरुचि लिन थालेको हुनु सम्भव छ ।

मिलनसार र हँसिली स्वभावकी जुनिताले मास्को बसाइँको छोटो समयमा यस महानगरीका सबै दर्शनीय स्थलहरूको अवलोकन गर्ने सम्भावना नपाए तापनि गैरआवासीय नेपाली संघ रूसका पदाधिकारीहरू र सदस्यहरूले मास्कोमा उनको हार्दिक स्वागत गरेका थिए । मास्को क्रेमलिन, लाल मैदान, बोरोदिन्स्काया पानोरामा आदि केही दर्शनीय स्थलहरूको दृश्यावलोकन गनुका साथै उनले नेपाली राजदूतावासमा पनि पुग्नुका साथै नेपाली नारी निकुञ्जको तत्वावधानमा संचालिन नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्रका स-साना नेपाली छात्रछात्राहरूलाई पर्वतारोहणको आफ्नो अनुभव बताउन समेत भ्याएकी थिइन् ।

स्वदेश फर्कने साँझ बस्याल दम्पति -गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी तथा सचिव दामोदर बस्यालको निवासस्थानमा उनको सम्मानमा आयोजना गरिएको प्रीतिभोजमा यस संघका अध्यक्ष मणिराज पोखरेल, महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका महासचिव डा. भीष्म आचार्य, नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने, नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष सचिन शाक्य, छविलाल कुँवर, संकल्प पोखरेल, जीतेन्द्र उपाध्याय, सरिता पोखरेल प्रभृतिको समुपस्थिति रहेको थियो । यस पंक्तिकारले पनि नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेसंग कुराकानी गर्ने सम्भावना पाएको थियो । वार्ताको क्रममा विभिन्न विषयको प्रसङ्ग चल्नुका साथै खास गरी हाल पर्वतारोहण प्रविधिले गरेको प्रगतिको परिप्रेक्ष्यमा तेन्जिङ शेर्पाको समयमा हिमालयको आरोहणको जटिलताको कल्पना समेत गनै गाह्रो पर्ने मन्तव्य व्यक्त गरिनुका साथै विश्वको तापमानमा बृद्धि भइरहेको सन्दर्भमा हिमालयको हिउँ निकै पग्लिसकेको जनाउँदै उनले पर्यवरणको स्थितिप्रति चिन्ता व्यक्त गरेकी थिइन् ।

ककेशिया हिमश्रृङ्खलाको सर्वोच्च पर्वत एल्ब्रुसको दुईकापे हिउँचुली -अत्युच्च पश्चिमी चुचुरो ५६४२ मिटर अग्लो छ भने पूर्वी चुचुरोको अग्लाइ ५६२१ मिटर छ) को परिसर पनि पर्वतारोहण तथा पर्वतीय स्किइङ्ग खेलको एक महत्वपूर्ण केन्द्र मानिन्छ । सगरमाथा -८८४८ मिटर) को दाँजोमा यो हिमशिखर ३२०६ मिटर होचो भए तापनि पर्वतारोहीहरूलाई यसले कम हाँक दिने गरेको छैन । सोभियत पर्वतारोही संघको निमन्त्रणामा रूसको यात्राको क्रममा प्रथम सगरमाथा विजेता तेन्जिङ नोर्गे शेर्पाले सन् १९६३ मा रसियाली -सोभियत) पर्वतारोहीहरूको साथमा यस हिउँचुलीको आरोहणमा भाग लिएका थिए । त्यतिखेर रूसी भाषामा प्रकाशित हुने समाचारपत्रहरूमा’हिमालयको बाघ, हार्दिक स्वागतÛ’, ‘हिम चितुवालाई स्वागत छÛ’, ‘झोमोलुङमा विजेता मास्कोमा’, ‘असाधारण मानवको मास्को आगमन’ भन्ने शषिर्कहरूमा लेखहरूमात्र प्रकाशित भएको नभई एल्ब्रुसको बरफ जमिरहेको पाखोमा रसियाली पर्वतारोहीहरूले अजङका रूसी अक्षरहरूमा ‘तेन्जङ, सुस्वागतम् !’ भन्ने समेत कुँदेर उनीप्रति आफ्नो सदभावना व्यक्त गरेका थिए -येभ्गेनी गिप्पेनरेइटर, भूमिका ।।तेन्जिङ नोर्गे, ‘हिउँको बाघ:ः सगरमाथापश्चात्’, मास्को, ई.सं. १९८८, पृ. ९(११) ।

मास्कोवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ रूसका महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) का अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, दुवै संस्थाका सचाव दामोदर बस्याल तथा गैरआवासीय नेपाली संघ रूसकी उपाध्यक्ष विमला भण्डारी बस्याल ‘शुभ यात्रा’ को कामना सहित ‘फेरि भेटौंला !’ भन्दै एल्ब्रुस विजेता नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेलाई मास्को विमानस्थलसम्म पुर्‍याउन जानुभएको थियो ।

नेपाली मूलका विश्वप्रसिद्ध सगरमाथाविजेता तेन्जिङ नोर्गे शेर्पाले चढेको यूरोपको सर्वोच्च शिखर एल्ब्रुसमा यस वर्ष नेपालकी एक नारी सगरमाथाविजेता जुनिता साम्बाहाम्फेले पदार्पण गरेर नेपालीहरूको उँचाई अरू एक कद बढाइदिएकी छिन् । विश्वका सबै महाद्वीपहरूका सर्वोच्च हिमशिखरहरूमा टेक्ने उनको लक्ष रहेको छ । मास्कोमा रहेका नेपालीहरूले उनलाई यस्तो उच्च आकांक्षामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्नुका साथै उनलाई जीवनको सगरमाथा चढ्नमा पनि सदैव विजय प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछन् । कृष्णप्रकाश श्रेष्ठ/मास्को from-freenepal.com

Monday, May 24, 2010

झुल्किने छ नयाँ समय –कबिता

–डा.आदर्श प्रधान

मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ

समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो

हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ

त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य

गन्तब्य र्बिसेर हामी
ढुङ्गे युगतिर हानिएका छौं
स–साना टुक्रे राज्यहरु चाहिएको छ
स–साना शासकहरु चाहिएको छ

गाँस, वास कपासको सट्टा
फोस्रो आवाज चाहिएको छ
त्यही आवाजमा ठोक्किएर
बेहोस छ हाम्रो समय
स्थगित छ हाम्रो सपना

अहिले समयको
आवाज...........मात्र आवाज
सपना...........मात्र सपना

आयामहरु टक्क रोकिएका छन्
समय जस्तै
यसरी अधुरो इतिहास भित्र
हामी घायल छौं
अज्ञात भविष्यको तुवालोमा
हामी रोक्किएका छौं

होस गुमाएको समयले
हाम्रो चेतनामा वास पाएको छ
मौन बाँच्नुको सट्टा
जीवनलाई
पूर्णता दिने अभ्यास गरौं
हिंसा होइन
जीवनमा प्रेम र
प्रेममा जीवन भरौ
जीवन उत्सवको रोपाईं पछि
जीवनको कान्ला र गराहरुमा
चेतना उठेर
लालुपातेमा रङ्ग थप्दै

झुल्किने छ नयाँ समय ।

Tuesday, May 18, 2010

रेकी–बनभोज कार्यक्रम सम्पन्न


आरोग्य संसार, धापासीको आयोजनामा भएको रेकी–बनभोज कार्यक्रम २०६७ जेठ ४ गते मंगलबारको दिन च48डेश्वरी, टोखामा भब्यतापुर्वक सम्पन्न भयो।

रेकी फाउ48डेशनका संस्थापक अध्यक्ष डा.रन्जन प्रजापतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवचन, रेकी सामुहिक ध्यान, प्रश्नोत्तर जस्ता महत्वपूर्ण कार्यक्रम समावेश गरिएको थियो। उक्त बनभोज कार्यक्रममा रेकी तथा लामाफेरा ग्रया48ड माष्टर डा.रन्जन प्रजापती द्धारा जीवनको दुई आयाम : भौतिक र अध्यात्मको बिषयमा प्रवचन दिनुको साथै रेकी सामुहिक ध्यानको प्रयोग गराउनु भयो। उक्त कार्यक्रममा आरोग्य संसारका संस्थापक अध्यक्ष रेकी माष्टर डा.आदर्श प्रधानले अहिलेको बिषम समयमा प्रत्येक ब्यक्तिलाई रेकीको आबश्यक्ता भएको कुरा ब्यक्त गर्नुभयो। त्यस्तै आरोग्य संसार, धापासीको सदस्य रेकी माष्टरद्धय ल73मी नारायण मर्हजनले आफ्नो ध्यानको अनुभव सुुनाउनु भएको थियो।

रेकी माष्टर ल73मी नारायण मर्हजनको ब्यबस्थापनमा भएको उक्त कार्यक्रममा रेकी माष्टर राजु चौलागाँई, सुनिल प्रधानले पनि रेकीको महत्वको बारेमा आफ्नो मन्तब्य राख्नुभएको थियो। प्रथम चरणको कार्यक्रम पछि च48डेश्वरी बनमा गई सबै भेला भएर एक साथ बनभोज ग्रहण गरि कार्यक्रम समापन गरिएको थियो।


Reiki-Banavoje photos










ध्यानः निर्बाणको बाटो

– डा. आदर्श प्रधान
एम.डी.(एक्यू.), रेकी मास्टर

आजकाल मानिसहरु योग ध्यानतिर आकर्षित हुन थालेकाछन् । आफ्ना व्यस्त दिनचर्याको कारणले संगालेको तनाव कम गर्न होस् या स्वस्थ बन्न होस्, धेरैले ध्यानलाई केही समय दिने गरेकाछन् । तर ध्यानको महिमा त्यत्तिकैमा सिमित छैन । ध्यानको अन्तिम लक्ष्य निर्बाणको साक्षात्कार गर्नु हो । अतः ध्यान मनुष्यको चेतनालाई रुपान्तरण गर्ने क्रिया हो ।

आम मान्छेको धारणा यो छ कि ध्यान भनेको एकाग्रता हो । तर ध्यान र एकाग्रताको कुनै सम्बन्ध छैन । जसरी दिन र रात एकै समयमा हुन सक्दैन त्यसरी नै ध्यान र एकाग्रता एकै समयमा कदापी हुन सक्दैन । एकाग्रता भन्नाले कुनै एक कुरामा मात्र अडिरहनु हो । तर ध्यान भनेको शरिर, भावना र विचारहरुमा आइरहेको दृष्यलाई द्रष्टाको रुपमा हेरिरहने क्रिया हो । हामी कुनै एउटा कुरामा एकाग्र भयौं भने बाँकी कुराहरु झन् बढी सक्रिय हुन्छन् र ध्यानमा वाधा पुग्दछ । त्यसैले ध्यानमा बस्दा हाम्रा शरिर, भावना र मनमा आएका संवेदनाहरु, विचारहरुलाई हेरिरहनु पर्दछ । यसो गर्दा नकारात्मक विचार, संवेदनाहरु कम हुँदै जान्छन् र अन्ततः ध्यान घट्ने संभावनामा वृद्घि हुन थाल्दछ ।

ध्यानको बारेमा सही जानकारी नलिई ध्यान जति गरेपनि ध्यानबाट हुनुपर्ने रुपान्तरण संभव छैन । त्यसैले सबैभन्दा पहिला ध्यानको बारेमा बुझ्नु जरुरी हुन्छ । मान्छेहरु विसौं वर्ष ध्यान साधनामा लागेर पनि सफलता पाउन नसक्नुको रहस्य पनि यही हो ।

धर्मशास्त्रहरुमा ध्यानको महिमाको बारेमा थुप्रै कुराहरु लेखेको पाइन्छ । ध्यानार्चायहरुले पनि ध्यान गर्नु पर्दछ भनेर हजारौ बिधिहरु दिन्छन् । गहिरिएर हेर्ने हो भने ध्यान गर्ने भन्ने वाक्यनै गलत छ । ध्यान गर्ने होइन ध्यान घट्ने हो । जसरी हामी निद्रा आफै ल्याउन सक्दैनौँ । निद्रा आउने पूर्बाधारहरु अपनाउन सक्छौँ– जस्तै नरम बिच्छौनामा पल्टनु, सुत्नु आदि । यसो गरेपछी निन्द्रा आफैँ आउँदछ । त्यसरीनै ध्यान आउने पूर्बाधारहरु अपनाउन सक्दछौ तर ध्यान गर्न सक्दैनौँ । ध्यान आउन सजिलो बनाउन हामी बिचार कम गर्न सक्छौँ , श्वासको गति सिथिल बनाउन सक्छौँ । यसरी गदै गएपछि ध्यान आफै घट्न सक्दछ । अतः ध्यान एउटा अवस्था हो जो आफै घट्दछ ।

ध्यान सम्वन्धी अर्को धारणा यो छ की ध्यान बस्दा विचारहरु आउनु हुदैन अनि हराउनु पर्दछ भनेर सोच्दछन् । ध्यानमा वस्दा विचारहरु आउन नहुने होइन । ध्यानमा वस्दा अनगिन्ती विचारहरु आउन सक्छन् उक्त विचारलाई होस पूर्वक हेदै जानु पर्दछ । हामी विचारको पछि हराउनु हुदैन । होस पूर्वक उक्त विचारलाई हेर्ने सकेमा उक्त विचारहरु रुपान्तरण हुन्छ । ध्यानमा होस पूर्वक बस्ने हुदाँ हराउनु जरुरी छैन् । ध्यान बस्दा झन होसको मात्रा बढ्दछ । जति जति हामी धेरै सामय ध्यानमा बस्छौ हाम्रो चेतना पनि बढ्न थाल्दछ । ध्यानमा जति बस्दछौ उक्तिकै सत्व उर्जा शरीरमा बढ्न थाल्दछ । जति जति सत्व उर्जा हाम्रो शरीरमा बढ्न थाल्दछ त्यति नै हामी भित्रको चेतना रुपान्तरण हुन थाल्दछ । त्यसैले ध्याान एउटा यस्तो अमूल्य वरदान हो जसले हामीलाई सदाको लागी जन्म मृत्युको चक्रबाट हटाएर निर्बाण सम्म पु¥याउन सक्दछ ।

ध्यान गर्ने बित्तिकै घट्दैन । ध्यानको लागि धैर्यको आबस्यक चाहिन्छ । जब सम्म हाम्रो स्थुल शरिरलाई पर्याप्त उर्जा पुग्दैन तब सम्म ध्यान घट्न सक्दैन । हाम्रो स्थुल शरिरलाई चाहिने उर्जा पुगीसकेपछी उक्त उर्जा आकाश शरिर, बिचार शरिर हुदै शुक्ष्म शरिर तिर जान थाल्दछ । जुन जुन शरिरमा उर्जा बहन थाल्दछ उक्त शरिरको महशुस हुन थाल्दछ । जब हाम्रो चेतना शुक्ष्म शरिरमा पुग्दछ तब हामीलाई शुक्ष्म जगत् को बारेमा थाहा पाउँछौँ । हामी यदी होस र्पूबक शुक्ष्म शरिरमा प्रबेस गर्न सक्ने भएपछी मात्र हाम्रो बास्तबिक अध्यात्म सुरु हुन थाल्दछ । शुक्ष्म शरिरमा पुगेपछी पूर्बजन्म , भबिष्य ज्ञान, शुक्ष्म जगत्को रहस्यहरुको बारेमा सजिलै थाहा पाउन सक्दछौँ । मन्त्र सिद्वि, साधना सिद्विको लागि पनि चौथो शरिर यानेकी शुक्ष्म शरिरमा नपुगी सम्भब छैन । नत्र जिबन भर माला जप गरेर केही हुने वाला छैन । शुक्ष्म शरिरमा पुगेर पनि हाम्रो अध्यत्मिक यात्रा सिद्विदैन । त्यसपछी क्रमश आत्म शरिर, ब्रम्ह शरिर, निर्वाण शरिरमा पुग्नु पर्ने हुन्छ । जब हाम्रो चेतना निर्बाण शरिरमा पुग्दछ तब हाम्रो यात्रा सिद्विन्छ र सधैको लागि हामी निर्वाण हुन्छौँ ।

ध्यान एउटा यस्तो प्रक्रिया हो जसले मनुष्यको चेतनालाई रुपान्तरण गरी परमात्मा सम्म र्पुयाउन सक्दछ त्यसैले दैनिक जीबन्को साथसाथै ध्यानलाई पनि केही समय दिने हो भने जीबन्को नमिटीने पूजि बन्दछ र हामी मानब बनेको बल्ल सार्थक हुन्छ ।

Monday, May 17, 2010

माधुर्य एल्बम



'माधुर्यु' यल्बमलाई खोजि–खोजि सुन्न नभुल्नुहोला

डा.मधु माधुर्यद्धारा रचित,शक्ति बल्लभद्धारा संगीत दिनुभएको 'माधुर्यु' यल्बममा नेपालको चर्चित गायक जगदिश शमाल, अन्जुु पन्त, आनन्द कार्की, मा48डबी ति्रपाठी, शिशिर योगी, यम बराल, स्वरुपराज आचायर्, सुमित खड्काहरुलेे स्वर दिनुभएको छ। यस 'माधुर्यु' यल्बमलाई खोजि – खोजि सुन्न नभुल्नुहोला।

Thursday, May 13, 2010

वास्तविक सन्यासी को हो ?


– डा.आदर्श प्रधान
एम.डि. ( इलेक्ट्रो–होमियोप्याथी
सन्यास शब्द दुई अक्षर “स” र “न्यास” बाट बनेको हो । “स” को अर्थ समाज हो भने “न्यास” को अर्थ स्वतन्त्र हो । अतः “सन्यास” भन्नाले समाजबाट स्वतन्त्र हुने भन्ने बुझिन्छ । यहाँ “समाज” भनेर कुनै स्थुल समाजलाई सम्बोधन गरेको होइन, शरीर, विचार र भावनाहरुको समुहलाई सम्बोधन गरेको हो । त्यसैले सन्यास भनेको शरीर,विचार र भावनाहरुबाट स्वतन्त्र बन्ने प्रकृया हो । सन्यासलाई अर्को शब्दमा बैराग पनि भनिन्छ । जो ब्यक्ति मन, शरीर, भावनाबाट मुक्त हुन सक्छ उ नै वास्तविक सन्यासी हुन्छ ।
आजकाल हामीले गेरु बस्त्र लाएको, लामो कपाल पालेको हजारौं ब्यक्तिहरुलाई देख्न सक्छौं । के उनीहरु सबै सन्यासी हुन् त ? के उनीहरु आफनो शरीर,मन र भावनाबाट स्वतन्त्र छन् ? छन भने उनीहरु बास्तविक सन्यासी हुन् होइनन् भने समाजबाट स्वतन्त्र हुन खोज्दैमा सन्यासी हुन सक्दैन । विभिन्न धर्म, संस्कृति अनुसार सन्यासी बन्ने विधिहरु धेरै छन् । जे जस्ता विधिले सन्यासी बने तापनि चेतनाको दृष्टिकोणबाट हेर्दा सम्पूर्ण सन्यासीहरु एक हुन आउँछ । त्यसैले सन्यासी बन्ने विधि महत्वपूर्ण छैन सन्यासी बन्ने व्यक्तिको चेतनाको उच्चता महत्वपूर्ण हुन्छ । सन्यासी बन्ने धेरै विधिहरु शास्त्रमा पनि उल्लेख गरेको पाइन्छ । ती मध्ये शास्त्रमा गृहस्थ सन्यासीलाई पहिलो श्रेणीमा राखेको छ भने समाजबाट टाढा भएर बसेको सन्यासीलाई अन्तिम श्रेणीमा राखेको छ । झटट् हेर्दा गेरु बस्त्र लगाएर घर–बार त्यागेर सन्यासी बन्ने व्यक्तिहरुको जिवन कठीन देखिएता पनि गृहस्थ सन्यासीको तुलनामा सजिलो छ । किनकी गेरु बस्त्र लाएर बस्ने सन्यासीहरुलाई पारिवारीक झन्झट झेल्नु पर्दैन । तर गृ्हस्थ सन्यासीहरुलाई पारिवारीक, भौतिक, सामाजिक परिवेश संगै आन्तरिक साधनलाई अगाडी बढाउनु पर्ने हुन्छ ।
हामीले सन्यासीहरु भन्नासाथ आध्यात्मिक उच्चता हाशिल गरेको महान ब्यक्तित्व भन्ने ठान्दछौं । तर वास्तविक सन्यासी बाहिरी आँखाले हेरेर पत्ता लगाउन सकिन्न । वास्तविक सन्यासी कुनै गेरु वस्त्रले सजिएको नहुन सक्छ, चार–पाँच शिष्य वरीपरि राखेर हिडेको पनि नहुन सक्छ तर उ हर पल परम चेतना संग डुबिरहेको हुन्छ । जब कुनै व्यक्तिले मन,भावना र बिचारको मोहलाई त्याग्दछ त्यस पछि मात्र उ भित्रको चेतनासंग साक्षात्कार हुन्छ र आपूm पनि विराट चेतनाको एक अंश हो भन्ने बोध हुन्छ ।
जसरी कमल हिलोमा पूल्दछ त्यही हिलो मै वसेर पनि उ हिलो भन्दा भिन्न आफनो सुन्दरतालाई प्रस्तुत गर्दछ । त्यसरी नै जो व्यक्ति समाजमै रहेर पनि समाजको नियम भन्दा भिन्न आफनो पहिचान प्रस्तुत गर्दछ उनीहरु नै गृहस्थ सन्यासी हुन् । गृहस्थ सन्यासीकोृ श्रीमती, छोरा–छोरी,घर,गाडी सबै हुन सक्दछ । तर यस्तो व्यक्तिहरुले उक्त वस्तुहरुमा मोह राख्दैनन् । समाजबाट टाढा रहेका सन्यासीहरु सम्पत्ती, श्रीमती, छोरा–छोरीहरुबाट टाढा रहेर पनि आफनो मन, भावना र शरीरबाट छुट्टिन सक्दैनन् भने उनिहरु वास्तविक सन्यासी हुन सक्दैनन् ।
आम मानिसहरु आपूलाई शरीर,विचार,भावना ठान्दछन् उनीहरुको चेतना (होस)स्थूल शरीर,विचार,भावनामा अड्किरहेका हुन्छ । तर वास्तविक सन्यासीलाई म को हुँ ? भन्ने वारेमा वोध हुन्छ । म शरीर, विचार र भावनाभन्दा माथिको चेतना हुँ भन्ने वोध हुन्छ । वास्तविक सन्यासीहरु वर्तमान समयसंग बाच्दै प्रत्येक कुराहरुलाई सकारात्मकतामा हेर्ने गर्दछन् । उनीहरु खानपानको शुध्दिकरण भन्दा पनि चेतनाको शुध्दिकरणलाई नै बढि प्राथमिकता दिन्छ्न् । सन्यासीहरु मन, भावना, विचारहरुबाट स्वतन्त्र हुने भएकोले उनीहरु कसैको अधिनमा रहन चाहदैनन् । अतः सन्यासीहरुलाई कसैले न त खुसी बनाउन सक्दछ न त दुःखी नै बनाउन सक्छ । यदि कुनै सन्यासीहरु कसैको कुरा सुन्ने, कसैको कुरा नसुन्ने, भेदभाव, अन्धविश्वास मात्र राखेर समाजमा व्यवहार गर्दछ भने त्यस्ता सन्यासीहरुबाट सचेत रहनु पर्दछ । उनीहरु वास्तविक सन्यासी हुन सक्दैनन्, उनीहरु साधक मात्र हुन सक्दछ ।
सन्यासीहरुले श्राप दिए पनि लाग्छ र आशिष दिए पनि लाग्छ भन्ने कुरा सत्य हो । किनकी उनीहरु, हरहमेशा परमचेतनामा डुविरहने हुँदा उनीहरुको वाक्य ब्रम्हसरी हुन्छ । अतः सन्यासीहरुको निर्णय एकदम सही हुन्छ । उनीहरु प्रकृतिको नियमलाई स्विकार गर्दछन् ।
वास्तविक सन्यासीहरु सिद्धिको घमण्ड प्रदर्शन गर्दैनन् । उनीहरु सब थोक थाहा पाएर पनि थाहा नपाए जस्तै गरी स्विकार भावमा बस्छन् । आम मानिसहरु अहिले पनि सन्यासी भन्ने वित्तिकै गेरु वस्त्र लाएको, घरवार त्यागेको जोगी भनि ठान्दछन् । परिवारको छोरा,छोरीहरु अध्यात्मिक अभ्यासहरु गर्न मन्दिर,आश्रमतिर गयो भने हाम्रा छोरा–छोरीहरु सन्यासी वन्छन् की भन्ने डर आमा वावुको हुन्छ । त्यसैले वास्तविक सन्यासी वन्न कुनै घरवार, श्रीमती, पैसा जस्ता भौतीक वस्तुहरु त्याग्न आवश्यक छैन । घर परिवारमै रहेर पनि मन, विचार, भावनाहरुबाट स्वतन्त्र रहन सके प्रत्येक घर घरमा वास्तविक सन्यासीहरुको जन्म हुनेछ ।

आभामण्डलको रहस्य

– डा.आदर्श प्रधान
एम.डि. ( इलेक्ट्रो–होमियोप्याथी )
आभामण्डल के हो ?
आभा’ भनेको प्रकाश हो भर्ने मण्डल’ भनेको घेरा हो । यसरी आभा मण्डल भनेको प्रकाशहरुको घेरा भन्ने बुझिन्छ । हाम्रो शरीर भित्र प्राण तत्व हुन्छ । प्राण तत्वलाई हामी देख्न सक्दैनौं । उक्त प्राण तत्वको प्रकट रुप नै आभामण्डल हो । आभामण्डललाई अग्रेजीमा औरा पनि भनिन्छ । हामीले भगवान, महापुरुषहरुको फोटोमा पनि आभामण्डल देख्न सक्छौं । राम कृष्ण जस्ता भगवानहरुको शिर पछाडी सेतो प्रकाशको घेरा “आभामण्डल” बनाएको हुन्छ । तर वास्तवमा भगवान, महापुरुषहरुको मात्र होइन प्रत्येक मानिसहरुमा आभामण्डल हुन्छ । फरक यत्तिमात्र छ की भगवान महापुरुषहरुको आभामण्डल शक्तिशाली हुन्छ । अहिले भगवानहरुको फोटोमा हेर्ने हो भने शिर पछाडी मात्र आभामण्डल बनाएको देख्छौं । तर वास्तवमा शिरमा मात्र नभई पुरा शरिर भरी नै आभामण्डल फैलिएको हुन्छ । यसबाट हामीले के बुभ्mनु पर्दछ भने आभामण्डल प्रत्येक मानिसहरुमा हुन्छ त्यो पनि पुरा शरीरभरि फैलिएको हुन्छ । आभामण्डल अण्डाकार रुपमा शरीरवरीपरि फैलिएको हुन्छ । मानिसको स्थुल शरीरको लगभग ३—४ इञ्च परसम्म आभामण्डल फंैलिएको हुन्छ । यो अदृश्य चमकदार उर्जा हाम्रो स्थूल शरीरको आकरमा नै रहेको हुन्छ । यस आभामण्डललाई जीवद्रव्य शरीर (वायोप्लाज्मिक) पनि भनिन्छ ।


स्वास्थ्य र आभामण्डलको सम्वन्ध

जब जीवद्रव्य शरीर विमारी हुन्छ, तब जीवद्रव्य शरीरको प्राणशाक्ति कुनै भागमा वा पुरै भागमा कमी हुन जान्छ । जुन रुपमा शरीरको आभा बराबर हुनु पर्ने नभएर पिडीत अंगको आभा तल माथि हुन जान्छ । प्राण शक्तिको घनापन वा संकुचनले गर्दा नै हामीलाई रोग लाग्दछ । उदाहरणको लागि कुनै व्यक्तिको आँखा कमजोर छ भने उक्त व्यक्तिको आँखाको क्षेत्रमा आभा १—२ इञ्च सम्म कम हुन सक्छ । यस्तो अवस्थालाई प्राण शक्तिको संकुचन भनिन्छ । अर्को उदाहरण कुनै व्यक्तिको मुटु असाध्यै चल्छ भने उक्त व्यक्तिको मुटुको क्षेत्रमा आभा ७—८ इञ्च सम्म मोटो हुन सक्छ । यसलाई प्राणशक्तिको घनापन भनिन्छ । यसरी हाम्रो शरीरमा आभामण्डल सधै सन्तुलित हुनु पर्दछ । स्वास्थ्य व्यक्तिको आभामण्डल चारै तर्फ चमकदार उर्जाको रुपमा फैलिएको हुन्छ । यस्तो व्यक्तिको आभामण्डल स्थूल शरीरभन्दा करिब १ मिटर पर सम्म पनि फैलिन सक्छ । अस्वस्थ व्यक्तिको आभामण्डलमा केही प्वालहरु हुन्छन साथै प्राणशक्तिको असन्तुलन पनि हुन्छ । जीवद्रव्य शरीरको र स्थूल शरीरको संम्वन्ध एकदम नजिक हुन्छ । यदी जीवद्रव्य शरीरको कुनै पनि अंगमा कमजोर भयो भने तुरुन्त स्थूल शरीरको अङ्गमा असर पुग्न जान्छ । यदि नित्य जिवद्रव्य शरीरलाई सफाई गर्ने र उक्त अङ्गलाई उर्जा दिने हो भने जस्तो सकै पुरानो रोगलाई पनि ठीक गर्न सकिन्छ । जीवद्रव्य शरीरले स्थूल शरीरलाई प्राणशक्ति, पठाउनु स्थूल शरीरलाई आकार दिने काम गर्दछ । यसको साथै स्थूल शरीरलाई सुरक्षित आवरण कवचको रुपमा ढाकी नकरात्मक उर्जालाई शरीर भित्र प्रवेश गर्नवाट रोकदिन्छ ।


आध्यात्मिक उच्चता सँग आभामण्डलको सम्वन्ध

आध्यात्मिक उच्च्तामा जानको लागि पनि हामीले आफ्नो आभामण्डलको अवस्था बारे थाहा पाउनु आवश्यक छ । जति जति आभामण्डल बलियो हुन्छ उतिनै उस व्यक्तिको आध्यात्मिक उर्जा पनि शक्तिशाली हुन्छ । त्यसैले सबभन्दा पहिले त आफ्नो आभामण्डल सन्तुलित छ या छैन भन्ने थाहा पाउनु पर्दछ । हामीले जति पनि ध्यान, साधना गर्दछौ उक्त साधनाहरुले पनि आभामण्डललाई सफाई गर्ने काम गर्दछ । आध्यात्मिक उच्चताको प्रयासमा रहने साधकहरु प्रायः जसो चोखो—नितो, नित्य स्नान जस्ता कार्यलाई बढी प्राथमिकता दिन्छन । वास्तवमा यि कार्यहरुले स्थूल शरीरको सफाई त गर्दछ तर आभामण्डलको सफाई गर्दैन । उनीहरुले गर्ने दैनिक साधनाहरुको प्रभाव त पर्दछ । तर आभामण्डलको कमजोरपनले गर्दा उक्त उर्जाहरु धेरै बेर सम्म शरीरमा रहन पाउदैन । धेरै साधकहरुले साधनाहरु धेरै गर्छन, अनुभूतिहरु पनि पाउँछन तर केही दिन पछि आफूले प्राप्त गरेको उर्जाहरु घटेको महशुस गर्छन साथै इच्छित फलको परिणम चाँडो पाउन सक्दैनन । हालको एक अनुसन्धान अनुसार वास्तविक निर्देशनको अभावमा धेरै ध्यान साधना गर्ने साधकहरु आध्यात्मिक दृष्टिकोणबाट उच्च देखिएता पनि शारीरिक दृष्टिकोणबाट उनीहरु अस्वस्थ पाइएको छ । उनीहरु व्रत, उपवास, शारीरिक कार्यहरु वढी गर्ने हुँदा जन रुपमा स्थूल शरीरले पाउनु पर्ने उर्जा नपाउनाले केही न केही शारीरिक समस्याहरु पाइएको छ । यस्ता साधकहरुले साधारण उर्जाहरु पनि महसुस गर्न सक्छन् । उनीहरु आफूले साधनाबाट सफलता प्राप्त भएको ठान्दछन् । वास्तवमा उनीहरुको शरीरको उर्जा धारण गर्ने शक्ति अत्यन्त कम हुने भएकोले स—साना उर्जाहरुको महसुस मात्र भएको हो । अतः सवभन्दा पहिला स्थूल शरीरलाई चाहिने पर्याप्त उर्जालाई बढाउने त्यसपछि स्वतः आभामण्डल बलियो हुन्छ र आध्यात्मिक चेतना विकासको लागि चाहिने उर्जा बन्न थाल्छ ।


आभामण्डल सफाई र झारफुक

हामी नेपालीहरु झारफुक प्रति धेरै विश्वास राख्दछौ । झन गाउँघरमा त अझै पनि डाक्टर भन्दा पनि धामि झाक्रि, झारफुक प्रति नै मानिसहरु विश्वास राख्छन् । अब हामी आभामण्डल सफाइ र झारफुक विचको सम्बन्ध बारे बुझौ । साधारण अर्थमा झारफुक भन्नाले नराम्रो उर्जालाई झारी राम्रो उर्जालाई प्रवेश गराउनु हो । झारफुक गर्नेहरु पनि हिलर यानेकी उपचारक नै हुन । तर उनीहरुलाई आफ्नो उपचार पध्दतिको रहस्य बारेमा त्यति थाहा छैन । झारफुक गर्नु भनेको शरीरको आभामण्डललाई सफा गर्नु नै हो । झारफुक गर्दा विरामीको टाउको देखि खुट्टासम्म कुचो, प्वाखँ, चामल आदीको प्रयोग गरी झारिन्छ र बाहिर फ्याकिन्छ । यसो गर्दा विरामीको आभामण्डलमा रहेको नकरात्मक उर्जाहरु तुरुन्त हट्ने भएकोले तुरुन्त राहत महसुस पनि हुन्छ । कति डाक्टरको औषधिले ठिक नभएको रोग पनि झारफुकबाट क्षण भरमा ठिक भएको घटनाहरु पनि धेरै सुन्न पाइन्छ । कति मानिसहरुलाई झारफुकबाट पनि ठिक हुदैन यसको कारण उसको आभामण्डलमा धेरै नकारात्मक उर्जाहरु हाबि हुने भएकोेले झारफुकबाट धेरै समय लाग्ने हुन्छ । अतः झारफुक गर्ने उपचारकहरुले पनि जानी वा नजानी आभामण्डलको सफाइ नै गरिरहेको हुन्छ । आभामण्डलको सफाई आभामण्डलको सफाई गर्ने धेरै तरिकाहरु छन् । ति मध्ये हामीले गर्ने मन्त्र जप, ध्यान, साधनाहरुबाट पनि आभामण्डलको सफाई भइरहेको हुन्छ ।


क्रिलियन क्यामेरा

रसियन बैज्ञानिक क्रिलियनले सन् १९३९ मा क्रिलियन क्यामेराको आविस्कार गरेको हुन् । क्रिलियन इलेक्ट्रोनिक इञ्जिनियर थिए । आफ्नो घरको फ्रिज बनाउने क्रममा हात विजुलीको तारमा हुदाँ एक किसीमको प्रकाशको घेरा देख्दा उक्त प्रकाशको घेराको बारेमा खोज अनुसन्धान गर्दै जाँदा क्रिलियन क्यामेराको आविस्कार भएको हो । उक्त क्यामेरा विजुलीबाट चल्दछ । यस क्यामेराको साहयताले मानिसको आभामण्डलको फोटो सजिलै खिच्न सकिन्छ । मानिसहरुको उर्जाको स्तर, विभिन्न रोगहरु क्रिलियन फोटोमा सजिलै देख्न सकिन्छ ।


नेपालमा क्रिलियन क्यामेरा

नेपालमा क्रिलियन क्यामेरा वि.सं. २०६३ मा Reiki Foundation नामक संस्थाले भित्राएको थियो । उक्त क्यामेरामा साधारण क्यामेराको रिल नै प्रयोग हुन्छ । हाम्रो दायाँ र वायाँ हातको गरी दश वटा औलाको फोटो खिचिन्छ । उक्त औलामा देखिएको आभामण्डलको रङ्ग, आभामण्डलको फैलावट आधारमा मानिसहरुको आभामण्डलको स्थिति पत्ता लगाइन्छ । विशेष गरि औराको रङ्ग सेतो, रातो, निलो, कालो र पहेलो रङ्ग धेरै मात्रामा पाइन्छ । यस क्यामेराको मध्दतबाट आध्यात्मिक चेतनाको स्तर, मानसिक तथा शारीरिक रोगहरु सजिलै पत्ता लगाउन सकिन्छ ।

क्रिलियन क्यामेराबाट खिचिएको मानिसको आभामण्डलको तस्विर


Wednesday, May 12, 2010

रोग : परमात्माको सन्देश

– डा.आदर्श प्रधान
एम.डि. ( इलेक्ट्रो–होमियोप्याथी )


हामी रोग लाग्न साथ डराउछौं। छिटो भन्दा छिटो अस्पतालमा गएर रोग परिक्षण गराउदछौं। चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न थाल्दछौं। रोग निको नभए अर्काे चिकित्सकलाई जचाउछौं। त्यसपछि पनि निको भएन भने हामी अन्य चिकित्सा पद्धतीहरुवाट उपचार गर्न थाल्दछौं। एलोपेथी चिकित्सावाट निको नभए पछि कोही आयृुर्वेदिक, कोहीे होम्योप्याथी, कोही प्राकृतिक उपचार त कोही एक्युपंचर आदि पद्धतिवाट उपचारका लागि जान्छन्। यो प्रत्येक रोगिहरुको आत्मकथा हो।
कुनै रोगिलाई एलोपेथी पद्धतिवाट निको हुन सक्दछ , कुनैलाईृ होम्योप्याथी, कुनैलाई प्राकृतिक उपचार, कुनैलाई रेकी, लामाफेरा आदिवाट निको हुन सक्दछ। संसारमा चिकित्साको हजारौं पद्धतिहरुको विकास भएको कारण पनि यहि नै हो। केही रोगिलाई कुनै पनि पद्धतिवाट निको हुदैन। आजसम्म हामीले रोगवाट हुने वेफाइदाहरु म्ाात्र देख्यौं, अब रोगबाट हुने फाइदाहरुलाई एकचोटी गहिरेर हेरौंं।


हामीमा नचाहिने आदतहरु हुन्छन्। कसैलाई वढि रक्सी सेवन गर्ने कसैलाई वढि धुम्रपान गर्ने ,कसैलाई वढि रिस उठने आदि जस्ता हजारांैं आदतहरु हुन्छन्। यि आदतहरुलाई हतपति छाड्न सकिन्न। जब मानिसहरुलाई रोग लाग्दछ तब उसलाई आफु चाडै मर्ला कि भन्ने डरले ति आदतहरुलाई सजिलै छाड्छन्। यदि मानिसहरुलाई रोग लागेन भने ति नचाहिने आदतहरु छोड्नु पर्छ भने विचार नै आउदैन।
स्वस्थ मानिसलाई कहिल्यै पनि स्वास्थ्यको वोघ हुदैेन। जब मानिस रोगी हुन्छ , तब स्वास्थ्यको महत्व थाहा हुन्छ। म स्वस्थ हुदा यस्तो थिए भन्ने कुराको याद बारम्बार आइरहन्छ र मानिस छिटो भन्दा छिटो स्वस्थ हुन्ा चाहन्छ तर त्यतिवेला चाहेको जस्तो छिटो हुन्ा सक्दैन। जव हाम्रो शरिरमा रोग लाग्दछ यसवाट छुटकारा पाउन औषधि उपचार, योगध्यानलाई त अपनाउन सक्दछौ तर रोगवाट छुटकारा पाउने कामना भन्ने राख्नु हुदैन। किनकी त्यतिवेला तपाइको शरिरमा रोग लागिरहेको कुरा सत्य हो यसलाई स्विकार्नै पदर्छ। रोग लागिसकेपछि निको हुन समय लाग्दछद। यदि हामीले शरिरलाई रोग लागिसकेपछि आफूलाई रोग लागेको छ भन्ने कुराको पुर्ण स्विकार गर्‍यौं भने कतिपय असाध्य रोगहरु पनि त्यसै ठिक हुन्छ। त्यसवेला स्विकार्नुको सट्टा रोगवाट छुटकारा पाउने प्रयत्न गर्‍यौं भने शरिरभित्र द्धन्द उत्पन्न हुन्छ फलस्वरुप रोग झन झन बढन थाल्दछ।


संसारमा कुनै पनि कुराहरु खोला जस्तै गतिशिल भैइरहेको हुन्छ। आज हामीलाई दुख छ त भोली सुख हुन्ा सक्दछ। त्यस्तै हाम्रो शरीरमा रोगहरु प्ानि स्थिर रहदैन। रोग पनि गतिशिल हुन्छ। आज हामी रोगी छौं यसको मतलव हामी सधै रोगी नै रहन्छौं भन्ने छैन। तर यदि हामीले रोगवाट छुटकारा पाउने प्रयास नगर्ने हो भने मात्र रोग शरीरवाट रोग हट्दछ।


शरीरको आफनै चेतना हुन्छ। हामीले खाएको खानालाइृ पचाउने देखि लिएर नचाहिने तत्वलाई शररिवाट निस्कासन गर्ने कामको साथसाथै रोग प्रवेश गर्न नदिने सुरक्षाको काम शरीर आफैले गर्ने गर्दछ। शरीरमा रोग प्रबेश गरिसकेपछि शरीर आफैले उक्त रोगलाई ठिक पार्न लागिरहेको हुन्छ। तर हामी शरीरको चेतनालाई नवुझेर आफैले निको पार्न हतारिन्छौं। त्यसैले त हाम्रो रोग छिटो निको हुन्ा सक्दैन। हामी आफुलाई खुसी लागेको वेला रोग पनि विर्सन्छौं जब दुखी हुन्छौं तब फेरी शरीरको वास्ता राख्दछौं। तर शरीरको अहरु खुसी भएको बेला काम गर्ने अनि दुखी भएको बेला काम नगर्ने भन्ने हुदैन। जव शरीरमा रोग प्रवेश गर्दछ तव तुरुन्तै शरीरको रक्षा प्रणाली अर्न्तगतको तत्वहरुले तुरुन्त कामहरु गर्न थाल्दछ। यस्तो वेलामा हामीले तुरुन्तै रोग निको पार्नलाई हस्तक्षेप गर्नु हु147दैन। जस्तै ज्वरो आएको बेलामा तुरुन्त हामी औषधिको सेवन गर्दछौं। त्यतिबेलामा हाम्रो शरीरको रक्षात्मक प्रणाली शसक्त भएर काम गर्दछ र वाहिरवाट आएका रोगका किटाणुहरुलाई भित्र प्रवेश गर्न दिदैन। त्यसैले हामीलाई ज्वरो आउदछ। त्यतिवेला हामीले खाएको औषधिले हाम्रो शरीरको रक्षात्मक प्रणालीका कामदारहरुलाई मारिदिन्छ र वाहिरवाट आएको किटाणुहरु शरीरमा बिना द्धन्द सजिलै प्रवेश गर्दछ र ज्वरो घटदछ। त्यतिवेला हामीले ज्वरो निको भयो भन ठान्दछौं। तर त्यस्ले त झन हाम्रो रक्षा प्रणालीलाई नै विगारीदिन्छ। शरीरले आफै काम गर्न सक्ने अवस्थासम्म अँैषधिको सेवन गर्न हुदैन। अतः शरीरको आफनै चेतना हुन्छ। उक्त चेतनाले सदैव शरीरकै हितको लागि दिनरात काम गर्दछ। यसमा हामीले शंका मान्नुपर्ने कुनै कुरा छैन।
हामिले ससाना रोगलाई स्विकार्न सक्दैनौं भने मृत्युलाई त झन स्विकार्ने कुरै भएन। यदि हामीले अहिले रोगवाट स्विकार्ने बानी बसाल्यौं भने मृत्युलाई पनि स्विकार्न सक्ने हुन्छौं। त्यसैले रोगलाई र्निवाणको द्धारपनि भन्न सकिन्छ। रोगले जिवनमा हामीलाई धेरै कुरा सिकाउदछ। आध्यात्मिक उच्चतामा जानको लागि साधारण साहसले सम्भव छैन। त्यसको लागि दृढ संकल्प चाहिन्छ। पूर्ण स्विकार चाहिन्छ। त्यसैले शरीरमा रोग लाग्न पनि नराम्रो होइन। यसलाई पनि स्विकार्नु पर्छ। जति जति स्विकार्ने बानी बस्छ हाम्रो चेतनाको पनि रुपान्तरण हुन थाल्दछ। त्यसैले रोग लागेर ठिक नभइरहेको व्यक्तिहरुले कुनै चिन्ता नमानिकन एकचोटी रोगलाई पुर्ण स्विकारेर त हेरौं। रोगको त कुरै छाडौं। जिवनको रहस्यको पनि वोध हुन सक्दछ।


अध्यात्मदर्शनमा भनिन्छ “कुनै पनि कुराको अकारण हुदैन। प्रकृतिमा घटने सम्पुर्ण कुराले एउटा ठुलो रहस्य वोकेर आएको हुन्छ र जे हुन्छ त्यो राम्रो कै लागि हुन्छ”। त्यस्तै रोग पनि त्यतिकै लाग्दैन। रोग लाग्दा हाम्रो शरीरमा पिडा हुन सक्दछ। तर यदि पिडालाई बुझेर आनन्दमा डुब्न सक्यौं भने उक्त पिडाले महान सन्देस वोकेर आएको हुन्छ। त्यसैले रोगीवाट नै डाक्टर धेरै बनेका छन्। नराम्रो आदत हुन्ो व्यक्तिहरु न्ौ पछि महान गुरुहरु बनेका छन्। यदि हामीमा कसैलाई असाध्य रोग लागेर निको भएको छैन भने यो प्रकृतिको सन्देस एवं कर्मफल हो ,जसलाई निरास नभई अनुभब गर्दै अनमोल जीवन स्विकार्न संकल्प गर्नुको अर्को बिकल्प छैन । अस्तु।