Thursday, May 13, 2010

आभामण्डलको रहस्य

– डा.आदर्श प्रधान
एम.डि. ( इलेक्ट्रो–होमियोप्याथी )
आभामण्डल के हो ?
आभा’ भनेको प्रकाश हो भर्ने मण्डल’ भनेको घेरा हो । यसरी आभा मण्डल भनेको प्रकाशहरुको घेरा भन्ने बुझिन्छ । हाम्रो शरीर भित्र प्राण तत्व हुन्छ । प्राण तत्वलाई हामी देख्न सक्दैनौं । उक्त प्राण तत्वको प्रकट रुप नै आभामण्डल हो । आभामण्डललाई अग्रेजीमा औरा पनि भनिन्छ । हामीले भगवान, महापुरुषहरुको फोटोमा पनि आभामण्डल देख्न सक्छौं । राम कृष्ण जस्ता भगवानहरुको शिर पछाडी सेतो प्रकाशको घेरा “आभामण्डल” बनाएको हुन्छ । तर वास्तवमा भगवान, महापुरुषहरुको मात्र होइन प्रत्येक मानिसहरुमा आभामण्डल हुन्छ । फरक यत्तिमात्र छ की भगवान महापुरुषहरुको आभामण्डल शक्तिशाली हुन्छ । अहिले भगवानहरुको फोटोमा हेर्ने हो भने शिर पछाडी मात्र आभामण्डल बनाएको देख्छौं । तर वास्तवमा शिरमा मात्र नभई पुरा शरिर भरी नै आभामण्डल फैलिएको हुन्छ । यसबाट हामीले के बुभ्mनु पर्दछ भने आभामण्डल प्रत्येक मानिसहरुमा हुन्छ त्यो पनि पुरा शरीरभरि फैलिएको हुन्छ । आभामण्डल अण्डाकार रुपमा शरीरवरीपरि फैलिएको हुन्छ । मानिसको स्थुल शरीरको लगभग ३—४ इञ्च परसम्म आभामण्डल फंैलिएको हुन्छ । यो अदृश्य चमकदार उर्जा हाम्रो स्थूल शरीरको आकरमा नै रहेको हुन्छ । यस आभामण्डललाई जीवद्रव्य शरीर (वायोप्लाज्मिक) पनि भनिन्छ ।


स्वास्थ्य र आभामण्डलको सम्वन्ध

जब जीवद्रव्य शरीर विमारी हुन्छ, तब जीवद्रव्य शरीरको प्राणशाक्ति कुनै भागमा वा पुरै भागमा कमी हुन जान्छ । जुन रुपमा शरीरको आभा बराबर हुनु पर्ने नभएर पिडीत अंगको आभा तल माथि हुन जान्छ । प्राण शक्तिको घनापन वा संकुचनले गर्दा नै हामीलाई रोग लाग्दछ । उदाहरणको लागि कुनै व्यक्तिको आँखा कमजोर छ भने उक्त व्यक्तिको आँखाको क्षेत्रमा आभा १—२ इञ्च सम्म कम हुन सक्छ । यस्तो अवस्थालाई प्राण शक्तिको संकुचन भनिन्छ । अर्को उदाहरण कुनै व्यक्तिको मुटु असाध्यै चल्छ भने उक्त व्यक्तिको मुटुको क्षेत्रमा आभा ७—८ इञ्च सम्म मोटो हुन सक्छ । यसलाई प्राणशक्तिको घनापन भनिन्छ । यसरी हाम्रो शरीरमा आभामण्डल सधै सन्तुलित हुनु पर्दछ । स्वास्थ्य व्यक्तिको आभामण्डल चारै तर्फ चमकदार उर्जाको रुपमा फैलिएको हुन्छ । यस्तो व्यक्तिको आभामण्डल स्थूल शरीरभन्दा करिब १ मिटर पर सम्म पनि फैलिन सक्छ । अस्वस्थ व्यक्तिको आभामण्डलमा केही प्वालहरु हुन्छन साथै प्राणशक्तिको असन्तुलन पनि हुन्छ । जीवद्रव्य शरीरको र स्थूल शरीरको संम्वन्ध एकदम नजिक हुन्छ । यदी जीवद्रव्य शरीरको कुनै पनि अंगमा कमजोर भयो भने तुरुन्त स्थूल शरीरको अङ्गमा असर पुग्न जान्छ । यदि नित्य जिवद्रव्य शरीरलाई सफाई गर्ने र उक्त अङ्गलाई उर्जा दिने हो भने जस्तो सकै पुरानो रोगलाई पनि ठीक गर्न सकिन्छ । जीवद्रव्य शरीरले स्थूल शरीरलाई प्राणशक्ति, पठाउनु स्थूल शरीरलाई आकार दिने काम गर्दछ । यसको साथै स्थूल शरीरलाई सुरक्षित आवरण कवचको रुपमा ढाकी नकरात्मक उर्जालाई शरीर भित्र प्रवेश गर्नवाट रोकदिन्छ ।


आध्यात्मिक उच्चता सँग आभामण्डलको सम्वन्ध

आध्यात्मिक उच्च्तामा जानको लागि पनि हामीले आफ्नो आभामण्डलको अवस्था बारे थाहा पाउनु आवश्यक छ । जति जति आभामण्डल बलियो हुन्छ उतिनै उस व्यक्तिको आध्यात्मिक उर्जा पनि शक्तिशाली हुन्छ । त्यसैले सबभन्दा पहिले त आफ्नो आभामण्डल सन्तुलित छ या छैन भन्ने थाहा पाउनु पर्दछ । हामीले जति पनि ध्यान, साधना गर्दछौ उक्त साधनाहरुले पनि आभामण्डललाई सफाई गर्ने काम गर्दछ । आध्यात्मिक उच्चताको प्रयासमा रहने साधकहरु प्रायः जसो चोखो—नितो, नित्य स्नान जस्ता कार्यलाई बढी प्राथमिकता दिन्छन । वास्तवमा यि कार्यहरुले स्थूल शरीरको सफाई त गर्दछ तर आभामण्डलको सफाई गर्दैन । उनीहरुले गर्ने दैनिक साधनाहरुको प्रभाव त पर्दछ । तर आभामण्डलको कमजोरपनले गर्दा उक्त उर्जाहरु धेरै बेर सम्म शरीरमा रहन पाउदैन । धेरै साधकहरुले साधनाहरु धेरै गर्छन, अनुभूतिहरु पनि पाउँछन तर केही दिन पछि आफूले प्राप्त गरेको उर्जाहरु घटेको महशुस गर्छन साथै इच्छित फलको परिणम चाँडो पाउन सक्दैनन । हालको एक अनुसन्धान अनुसार वास्तविक निर्देशनको अभावमा धेरै ध्यान साधना गर्ने साधकहरु आध्यात्मिक दृष्टिकोणबाट उच्च देखिएता पनि शारीरिक दृष्टिकोणबाट उनीहरु अस्वस्थ पाइएको छ । उनीहरु व्रत, उपवास, शारीरिक कार्यहरु वढी गर्ने हुँदा जन रुपमा स्थूल शरीरले पाउनु पर्ने उर्जा नपाउनाले केही न केही शारीरिक समस्याहरु पाइएको छ । यस्ता साधकहरुले साधारण उर्जाहरु पनि महसुस गर्न सक्छन् । उनीहरु आफूले साधनाबाट सफलता प्राप्त भएको ठान्दछन् । वास्तवमा उनीहरुको शरीरको उर्जा धारण गर्ने शक्ति अत्यन्त कम हुने भएकोले स—साना उर्जाहरुको महसुस मात्र भएको हो । अतः सवभन्दा पहिला स्थूल शरीरलाई चाहिने पर्याप्त उर्जालाई बढाउने त्यसपछि स्वतः आभामण्डल बलियो हुन्छ र आध्यात्मिक चेतना विकासको लागि चाहिने उर्जा बन्न थाल्छ ।


आभामण्डल सफाई र झारफुक

हामी नेपालीहरु झारफुक प्रति धेरै विश्वास राख्दछौ । झन गाउँघरमा त अझै पनि डाक्टर भन्दा पनि धामि झाक्रि, झारफुक प्रति नै मानिसहरु विश्वास राख्छन् । अब हामी आभामण्डल सफाइ र झारफुक विचको सम्बन्ध बारे बुझौ । साधारण अर्थमा झारफुक भन्नाले नराम्रो उर्जालाई झारी राम्रो उर्जालाई प्रवेश गराउनु हो । झारफुक गर्नेहरु पनि हिलर यानेकी उपचारक नै हुन । तर उनीहरुलाई आफ्नो उपचार पध्दतिको रहस्य बारेमा त्यति थाहा छैन । झारफुक गर्नु भनेको शरीरको आभामण्डललाई सफा गर्नु नै हो । झारफुक गर्दा विरामीको टाउको देखि खुट्टासम्म कुचो, प्वाखँ, चामल आदीको प्रयोग गरी झारिन्छ र बाहिर फ्याकिन्छ । यसो गर्दा विरामीको आभामण्डलमा रहेको नकरात्मक उर्जाहरु तुरुन्त हट्ने भएकोले तुरुन्त राहत महसुस पनि हुन्छ । कति डाक्टरको औषधिले ठिक नभएको रोग पनि झारफुकबाट क्षण भरमा ठिक भएको घटनाहरु पनि धेरै सुन्न पाइन्छ । कति मानिसहरुलाई झारफुकबाट पनि ठिक हुदैन यसको कारण उसको आभामण्डलमा धेरै नकारात्मक उर्जाहरु हाबि हुने भएकोेले झारफुकबाट धेरै समय लाग्ने हुन्छ । अतः झारफुक गर्ने उपचारकहरुले पनि जानी वा नजानी आभामण्डलको सफाइ नै गरिरहेको हुन्छ । आभामण्डलको सफाई आभामण्डलको सफाई गर्ने धेरै तरिकाहरु छन् । ति मध्ये हामीले गर्ने मन्त्र जप, ध्यान, साधनाहरुबाट पनि आभामण्डलको सफाई भइरहेको हुन्छ ।


क्रिलियन क्यामेरा

रसियन बैज्ञानिक क्रिलियनले सन् १९३९ मा क्रिलियन क्यामेराको आविस्कार गरेको हुन् । क्रिलियन इलेक्ट्रोनिक इञ्जिनियर थिए । आफ्नो घरको फ्रिज बनाउने क्रममा हात विजुलीको तारमा हुदाँ एक किसीमको प्रकाशको घेरा देख्दा उक्त प्रकाशको घेराको बारेमा खोज अनुसन्धान गर्दै जाँदा क्रिलियन क्यामेराको आविस्कार भएको हो । उक्त क्यामेरा विजुलीबाट चल्दछ । यस क्यामेराको साहयताले मानिसको आभामण्डलको फोटो सजिलै खिच्न सकिन्छ । मानिसहरुको उर्जाको स्तर, विभिन्न रोगहरु क्रिलियन फोटोमा सजिलै देख्न सकिन्छ ।


नेपालमा क्रिलियन क्यामेरा

नेपालमा क्रिलियन क्यामेरा वि.सं. २०६३ मा Reiki Foundation नामक संस्थाले भित्राएको थियो । उक्त क्यामेरामा साधारण क्यामेराको रिल नै प्रयोग हुन्छ । हाम्रो दायाँ र वायाँ हातको गरी दश वटा औलाको फोटो खिचिन्छ । उक्त औलामा देखिएको आभामण्डलको रङ्ग, आभामण्डलको फैलावट आधारमा मानिसहरुको आभामण्डलको स्थिति पत्ता लगाइन्छ । विशेष गरि औराको रङ्ग सेतो, रातो, निलो, कालो र पहेलो रङ्ग धेरै मात्रामा पाइन्छ । यस क्यामेराको मध्दतबाट आध्यात्मिक चेतनाको स्तर, मानसिक तथा शारीरिक रोगहरु सजिलै पत्ता लगाउन सकिन्छ ।

क्रिलियन क्यामेराबाट खिचिएको मानिसको आभामण्डलको तस्विर


No comments:

Post a Comment